२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

त्रियुगा १२ का वडाध्यक्षको दुर्घटनामा मृत्यु

सदरमुकाम त्रियुगा नगरपालिका १२ का वडाध्यक्ष चुडाराज काफ्लेको सवारी दुर्घटनामा परी निधन भएको छ। गत ६ गते साँझ स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका काफ्लेको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा शनिबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

शिवरात्रिको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्कदै गर्दा घरनजिकै साइकलसँग जम्काभेट हुँदा दुर्घटनामा परेका काफ्लेको टाउकोमा गम्भीर चोट लागेको थियो। गाईघाटस्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि न्युरो लगिएका उनको ३ दिनपछि होस खुलेपछि सामान्य वार्डमा सारिएकोमा पुनः बेहोस भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। तर, साता दिनसम्म भेन्टिलेटरमा उपचार गर्दा पनि स्वास्थ्यमा सुधार हुन नसक्नुका साथै अन्तिममा उनलाई बचाउन नसकिएको खबर चिकित्सकले दिएको परिवारले जनाएको छ। 

परिवारलाई उद्धृत गर्दै त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले बताए अनुसार काफ्लेको पार्थिव शरीर गाईघाट ल्याएर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। 

आइतबार काफ्लेको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही घण्टा नगरपालिका परसरमा राखिने र दिउँसो अत्यष्ठि गर्ने कार्यक्रम रहेको मेयर बस्नेतले बताए। काफ्ले गत वैशाख ३० गते सम्पन्न स्थानी तह चुनावमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष हुन्। काफ्लेको निधनमा नगरपालिकाले एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको पनि मेयर बस्तेले बताएका छन्।

प्रकाशित: १३ फाल्गुन २०७९ १५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App