११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागीमा परी दुई बालकको मृत्यु

पाँचथरमा आगलागीमा परी दुई बालकको मृत्यु भएको छ। हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो। 

परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आज दिउँसो अन्दाजी ४:४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा मतान घरको माथिल्लो तलाको कुनामा पहिचान हुन नसक्ने अवस्थामा बालकहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। 

आगलागीमा मतान घर पूर्णरूपमा जलेको छ। आगलागीको कारण खुलेको छैन। मृतक फिदिम–५ का बालक मावली घर गएको बुझिएको छ। घटनाको विस्तृत विवरण आएको छैन। 

प्रकाशित: १२ फाल्गुन २०७९ १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App