१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

झापामा एक युवाले पेट्रोल खन्याएर गरे आत्मदाहको प्रयास

फाइल तस्बिर

झापा बिर्तामोडको मुक्तिचोकमा एक युवाले पेट्रोल छर्किएर आत्मदाहकाे प्रयास गरेका छन्। मंगलबार बिर्तामोड ७ का बिजय चौधरीले आत्मदाहकाे प्रयास गरेका हुन्।

इलाका प्रहरी कार्यलय बिर्तामोडका अनुसार चौधरीले पेट्रोल खन्याएर शरीरमा आगो सल्किए लगत्तै आगो निभाइएको थियो।आगोले पिठ्युँ र ढाड जलेकाले चौधरीलाई अस्पताल भर्ना गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पारिवारिक समस्याका कारण आत्मदाहकाे प्रयास गरेको बुझिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७९ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App