१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सिन्धुलीका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार

राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार पाएका किसान सामुहिक तस्विर खिचाउँदै। तस्बिर: अनिल भण्डारी/ नागरिक

जिल्लाका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र सिन्धुलीले जिल्लामा कृषि पेशामा आवद्ध रहेका तिन विधाका किसानलाई पुरस्कृत गरेको हो। 

कृषि ज्ञान केन्द्र सिन्धुलीबाट आर्थिक वर्ष २०७९।०८० मा सञ्चालित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा आवेदन दिएका मध्येबाट तीन जना छनौट गरि पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख सुजन अंगाईले बताए।

कार्यालय प्रमुख अंगाईका अनुसार पुरस्कार कार्यक्रममा जिल्लाका १७ जना किसानले आवेदन दिएका थिए। आवेदन दिएका मध्ये पशुपालन विधाबाट माछापालन गर्ने दुधौली नगरपालिका वडा नम्बर १० का रक्सु अधिकारी,तरकारी विधाबाट गोलञ्जोर ६ की पार्वती ढुङगाना र फलफुल खेती गर्ने फिक्कल १ का बेलबहादुर बुढाक्षेत्रीलाई नगद दश हजार सहित प्रमाण पत्रले पुरस्कृत गरिएको हो।

कृषि ज्ञान केन्द्र सिन्धुलीले पुरस्कृत गरेका तिन जनालाई बागमती प्रदेश  उत्कृष्ट किसान पुरस्कारका लागि समेत सिफारिस गरिएको छ। पुरस्कार पाएपछि आफूहरुलाई थप कृषि पेशामा लाग्न उत्प्रेरणा मिलेको पुरस्कृत भएका किसान बेलबहादुरले बताए। लामो समय विदेश बसेर स्वदेशमै केहि गर्छु भनेर फलफुलको व्यवसायीक खेती सुरु गरेको हुँ, उनले खुसी हुदै भने मेरो मिहिनेतलाई सरकारले कदर गरेको महशुस भएको छ।  

प्रकाशित: ४ फाल्गुन २०७९ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App