३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आगलागी पीडितलाई नगरपालिकाको राहत

लहान नगरपालिका–२२ बर्छावाका आगलागी पीडितलाई नगरपालिकाले खाद्यान्न र नगद राहत स्वरूप वितरण गरेको छ।

मंगलबार आगलागीबाट यहाँको दलित बस्तीका दुई परिवारको घर गोठ जलेर नष्ट भएको थियो। विद्युत् सर्ट भएर आगलागी हुँदा बर्छावाका श्याम सुन्दर मण्डल खत्बे र विपतिया मण्डल खत्बेको घर गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट खाद्यान्न लगायतका सामान जलेर नष्ट भएपछि विच्चलीमा परेका मण्डल परिवारलाई बुधवार बिहान नगर प्रमुख महेश प्रसाद चौधरीले खाद्यान्न र नगद सहयोग गरेका हुन्। नगरप्रमुख चौधरीले दुबै परिवारलाई ५०/५० किलो चामल, ५/५ किलो दाल, नुन, तेल राहत वितरण गरेका हुन्।

दुबै परिवारलाई घर निर्माणका लागि जस्तापाता समेत उपलब्ध गराउने नगर प्रमुख चौधरीले प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ३ फाल्गुन २०७९ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App