१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठग्न नपाउँदा ट्याक्सीचालक आन्दोलनमा

काठमाडौं-मिटर नचलाई यात्रुसँग बढी भाडा असुल्न पाउनुपर्ने लगायत विभिन्न माग राखी मंगलबार ट्याक्सीचालक आन्दोलनमा उत्रे । यात्रु ठग्दै आएका ट्याक्सीको मनोमानी रोक्न नहुने भन्दै नेपाल लोकतान्त्रिक यातायात मजदुर संगठनले गरेको ¥यालीले मंगलबार राजधानीको ट्राफिक अस्तव्यस्त पा¥यो ।

संगठनले १९ बुँदे माग राखेर सुकेधाराबाट बिहान ९ बजे सुरु ¥याली चक्रपथ, बालाजु, कंलकी, बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै दिउँसो ४ बजे तीनकुनेमा सकिएको थियो । संगठनका अनुसार ¥यालीमा करिब ४ हजार ट्याक्सी थिए । ट्याक्सी ¥यालीले उपत्यकामा दिनभरजस्तै ट्राफिक जाम भएपछि सर्वसाधारणले निकै सकस भोग्नु परेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र हेलो सरकार कक्षमा दिनहुँ ट्याक्सीले बढी भाडा असुलेको, मिटरमा जान नमानेको र भनेको ठाउँ नजाने गुनासो अत्यधिक आएपछि महाशाखाले वैशाख ८ देखि यस्ता ट्याक्सीमाथि कारबाही थालेको थियो । कारबाहीपछि पनि गुनासा नघटेपछि करिब दुई महिनायता महाशाखाले सादा पोसाकका ट्राफिक प्रहरी ट्याक्सी चढ्ने र मिटरमा नचलाए कारबाही गर्ने अभियान थाल्यो । विभागले पनि गुडिरहेका ट्याक्सी रोकी मिटरमा नचलाउनेमाथि कारबाही थाल्यो ।

अभियानको सुरुमा दिनहुँ करिब सय वटा ट्याक्सी कारबाहीमा परे । अहिले कारबाहीमा पर्ने ट्याक्सी संख्या घटेर दैनिक ४०÷५० को हाराहारीमा आएको छ । यातायात व्यवस्था ऐन २०४९ अनुसार बढी भाडा लिने सवारीमाथि हदैसम्मको कारबाहीका स्वरुप ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

असोज २ गते पर्यटकका रुपमा पर्यटन मन्त्री जीवनबहादुर शाही बा १ ग १०१६ नम्बरको ट्याक्सी चढेर ठमेल पुगे । ट्याक्सीचालकले उनीसँग १५ सय भाडा माग्यो । त्रिभुवन विमानस्थलबाट चक्रपथ हुँदै ठमेलको दूरी करिब ७ किलोमिटर हुन्छ । मिटरमा जाँदा ७ किलोमिटरको भाडा २ सय ५२ रुपैयाँ हुन्छ । १ किलोमिटर बराबर ३६ रुपैयाँ भाडा तोकिएको छ । मन्त्रीसँगै अत्यधिक भाडा असुल्न खोजेपछि प्रहरीले कारबाही अझ तीव्र पारेकाले संगठन आक्रोशित बनेको थियो ।

आयोजकले सवारी बोकेर हिँडेका ट्याक्सीलाई समेत जबरजस्ती ¥यालीमा सामेल गराएका थिए । ‘ट्याक्सीको ¥याली रहेछ । किन गरेको हो थाहा छैन,’ नाम उल्लेख नगर्ने सर्तमा ¥यालीमा आएका एक ट्याक्सीचालकले भने, ‘यात्रु बोकेर हिँडेको थिएँ, साथीहरूले ¥यालीमा जानुपर्छ भनेर जबरजस्ती गरेपछि आएको हुँ ।’

विभागले जनाएअनुसार ट्याक्सीचालकले कुनै जानकारी नदिई आन्दोलन थालेका हुन् । ‘मैले दिउँसो १२ बजेतिर मात्र थाहा पाएँ,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘उनीहरू नै मनोमानी भाडा असुल्ने अनि उनीहरू नै आन्दोलन गर्ने ! के गर्न खोजेको हो बुझ्न सकेका छैनौं ।’ संगठनका अध्यक्ष भरत गुरुङले भने विभाग, मन्त्रालय सबैलाई यसअघि ज्ञापनपत्र बुझाएको दाबी गरे । ‘हामीले प्रधानमन्त्रीलाई समेत हाम्रा मागबारे ज्ञापनपत्र बुझाएका छौं,’ गुरुङले भने, ‘हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं ।’

गुरुङका अनुसार प्रहरीले जुनसुकै बेला जाँचबुझ गर्न नहुने, सादा पोसाकका प्रहरीले कारबाही गर्न नहुने, होटलका निजी सवारीसाधनले विमानस्थलबाट यात्रु बोके कारबाही गर्नुपर्ने, मिटर दर प्रतिकिलोमिटर ३६ बाट बढाएर ५५ रुपैयाँ पु¥याउनुपर्ने माग उनीहरूले राखेका छन् । त्यसैगरि उनीहरूका मागमा ट्याक्सी थप्न नहुने, ट्याक्सी पार्किङको व्यवस्था गर्नुपर्ने लगायत पनि छन् । आफ्ना माग सरकारले पूरा नगरुन्जेल आन्दोलन जारी राख्ने गुरुङले बताए । उनले बुधबार उपत्यकामा ट्याक्सी बन्द गर्ने घोषणा गरिएको जनाए । माग पूरा नगरे ट्याक्सी बन्दसँगै थप कार्यक्रम घोषणा गरिने गुरुङको भनाइ थियो ।

‘ट्याक्सीले यात्रुसँग आफूखुसी भाडा असुल्दै आएका छन्,’ महानिर्देशक श्रेष्ठले भने, ‘उनीहरूको आन्दोलन यसैगरी भाडा असुल्न पाउनुपर्छ भनेर नै हो । हामी त्यसमा सहमत छैनौं ।’ उनले सम्बन्धित मन्त्रालयमा समेत यसबारे जानकारी गराइसकेकाले मन्त्रालयले पनि केही निर्णय गर्न सक्ने बताए ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा डिआइजी प्रकाश अर्यालले कोही पनि कानुनभन्दा माथि नहुने भन्दै कानुनअनुसार कारबाही जारी राख्ने बताए । उनले बढी भाडा लिने र मिटरमा जान नमान्ने ट्याक्सीमाथि कारबाही जारी रहने बताए । अहिले महाशाखाले सादा पोसाकमा प्रहरी खटाएर ट्याक्सी चढ्ने र चढ्नासाथ मिटर नचलाए कारबाही गर्दै आएका छन् । अहिले दैनिक ५० को हारहारीमा ट्याक्सी कारबाहीमा पर्ने महाशाखाले जनाएको छ । विभागका अनुसार उपत्यकामा करिब ८ हजार ५ सय ट्याक्सी दर्ता छन् । अब सरकारले भूकम्पपीडितका लागि १ हजार ५ सय ट्याक्सी थप्दै छ । तिहारलगत्तै ट्याक्सी थपिएपछि उपत्यकामा ट्याक्सीको संख्या ९ हजार पुग्ने विभागले जनायो ।

प्रकाशित: १२ आश्विन २०७३ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App