१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

ढलेको तीन दशक पछि उठ्यो रानी दरबार (तस्बिरहरु)

ढलेको झन्डै तीन दशकपछि सिन्धुलीगढी स्थित रानी दरबार ठडिएको छ।

तत्कालीन विद्रोही समूह माओवादीले राज्य विरुद्ध आन्दोलन सुरु गरेसँगै सिन्धुलीगढीको संरक्षण हुन छाडेपछि भत्किएको रानी दरबार पुनर्निर्माण भएको हो। सशस्त्र द्वन्द्वको सुरुवाती समयमै संरक्षणको अभावमा भग्नावशेष बनेको सिन्धुलीगढीस्थित रानी दरबार पुर्न निर्माण भएको छ।

बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाबाट चार करोड ३८ लाख ९९ हजार बढी लागतमा सिन्धुलीको कमलामाई नगरपालिका ३ स्थित ऐतिहासिक सिन्धुलीगढी परिसरमा रानी दरबार निर्माण भएको हो।

तुल्सी/एरिया जेभीले २०७७ पुस २१ गते निर्माणको लागि सम्झौता गरी २०७९ जेठ १६ गते निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको भए पनि समयमा निर्माण सम्पन्न नभएपछि म्याद थप गरेर रानी दरबारको पुनर्निर्माण गरेको थियो।

२०५२ सालमा माओवादीले सिन्धुलीगढीबाटै आन्दोलन सुरु गरेसँगै त्यहाँ सुरक्षाकर्मी बस्न छाडेपछि रानी दरबार संरक्षणको अभावमा भग्नावशेष भएको थियो।

ऐतिहासिक सिन्धुलीगढीमा भएको रानी दरबार पुरानै शैलिमानिर्माण भएको हो। रानी दरबार पुरानै शैलीमा निर्माण भएको कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले बताए। पहिला जस्तो थियो दरबार उस्तै बनेको देखिन्छ, उनले भने, दरबार निर्माणसँगै पर्यटकहरू बढ्ने निश्चित छ। २०४५ सालकै भूकम्पबाट भत्किएको रानी दरबार सशस्त्र द्धन्द्धसँगै तहश नहश भएको थियो।

सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा भत्किएको तीन दशक पछि पुनर्निर्माण भएको रानी दरबार। सबै तस्बिर: अनिल भण्डारी/नागरिक।

प्रकाशित: २ फाल्गुन २०७९ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App