४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

गाँजा र गाडीसहित एक प्रकाउ

मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक जनालाई प्रकाउ गरेका छ।  

सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा नगरपालिका ३ बस्ने बिशाल गोपालीलाई गाँजा र गाडीसहित प्रकाउ गरेको हो।  विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा गाडीको क्याविनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ।

प्रकाशित: २ फाल्गुन २०७९ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App