१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

साइबर अपराध र लागू औषध नियन्त्रणमा जोड दिन्छु: प्रनाउ कुँवर

म्याग्दीका नव-आगन्तुक प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन कुँवरले साइबर अपराध र लागू औषध नियन्त्रणमा जोड दिने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

नव आगन्तुक डिएसपी कुँवरले पछिल्लो समय साइवर अपराध र लागू औषध समस्याको रुपमा रहेको बताउँदै यसको समाधानका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनले साइबर अपराध र लागू औषधलाई नियन्त्रण गर्न आवश्यक कार्ययोजना निर्माण गरी सरोकारवाला निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने बताए।

साइबर अपराध तथा लागू औषध नियन्त्रण गर्ने आफ्नो मुख्य योजना रहेको सुनाउँदै डिएसपी कुँवरले म्याग्दीमा पनि लागू औषध समस्याको रुपमा रहेको आफूले बुझेको बताए।

उनले जिल्लामा शान्ति, सुरक्षालाई मजबुत बनाउने विषयमा आफू कटिबद्ध भएर लाग्ने भन्दै लागू औषध र साइबर अपराधसम्बन्धी घटनाहरूलाई न्यूनीकरण गर्न बालबालिकादेखि किशोरकिशोरीहरुलाई लक्षित गरेर सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनमा जोड दिइने बताए।

लागू औषध र साइबर अपराधका घटना भएमा कानुन अनुसार कारबाही गर्ने उनको भनाई थियो। डिएसपी कुँवरले प्रहरी कार्यालयमा आएर सर्वसाधारण, नागरिकहरूले सहज रुपमा सेवा पाउने वातावरण निर्माण गर्ने र यसको प्रभाव आगामी दिनमा देखिने पनि दाबी गरे। उनले प्रहरी कार्यालयबाट उपलब्ध हुने सबै खाले सूचना प्रवाहमा कुनै पनि समस्या नहुने बताउँदै सूचनाहरू सबैले सहज रूपमा प्राप्त गर्ने वातावरणको सिर्जना हुने बताए।

पत्रकार भेटघाटमा पत्रकार महासङ्घ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम सहितका पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २९ माघ २०७९ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App