१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

समाजसेवी घिमिरेको अभिनन्दन

इटहरीका शिक्षासेवी लेखनाथ घिमिरेलाई शुक्रबार अभिनन्दन गरिएको छ। उनको अठहत्तरौं जन्मोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा अभिनन्दन गरिएको हो। घिमिरे समाजसेवाका माध्यमबाट असहाय र विपन्न नागरिकको दुःख, पिर हटाउन लामो समय क्रियाशील रहँदै आएका छन्। उनी साहित्यिक पत्रकारिताका क्षेत्रमा समेत निरन्तर क्रियाशील व्यक्ति हुन्। शिक्षा, समाज सेवा र साहित्यिक पत्रकारिताका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकोमा उनलाई अभिनन्दन गरिएको हो। उनकै कदसरह पाँच फिट दुई इन्चबराबरको अभिनन्दन पत्रले उनलाई सम्मान गरिएको हो। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले घिमिरेलाई अभिनन्दन गरे। सो क्रममा थपलियाले भाषा, साहित्यको उन्नयन, सामाजिक चेतनाका व्यक्तित्व, शैक्षिक क्षेत्रका संवाहक र शिक्षा विकासमा लगानी गर्ने अभियन्तालाई अभिनन्दन गर्नु प्रशंसायोग्य भएको बताए। कार्यक्रममा इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरीलाई चिनाउन घिमिरेको योगदान रहेको बताए।

कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाबाट, अन्य प्रदेशका २५ जिल्लाबाट र भारतको विभिन्न प्रदेशबाट उल्लेख्य संख्यामा मानिसको सहभागिता थियो। सोही क्रममा घिमिरेका बारेमा ५ सय ७२ पृष्ठको अभिनन्दन ग्रन्थ सार्वजनिक गरियो। अभिनन्दनअघि घिमिरेलाई उनकै निवास इटहरी– ४ बाट रथारोहण गरी कार्यक्रमस्थल पुर्‍याइएको थियो।

प्रकाशित: २८ माघ २०७९ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App