१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्व सांसद घलेको निधन

नेपाली कांग्रेस महासमिति सदस्य तथा व्यवसायी कर्मा घलेको ५९ वर्षको उमेरमा निधन भएको छ। प्रतिनिधिसभाको पूर्वसदस्यसमेत रहेका घलेको उपचारका क्रममा मंगलबार दिउँसो महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो।

लामो समय देखि क्यान्सर रोगबाट ग्रसित घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य थिए। नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको जनाउँदै कांग्रेसले घले शालिन एवं सरल व्यक्तिको रूपमा परिचित रहेको जनाएको छ।  

सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरूमा पनि उनको अतुलनीय योगदान रहेको जनाउँदै कांग्रेसले विश्वभर फैलिएको कोभिड १९ महामारीको समयमा नेपाल सरकारलाई करिब सवा करोड बराबरको सेनिटाइजर सहयोग उपलब्ध गरेको पनि स्मरण गरेको छ। घलेको निधनले कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको कांग्रेसद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ माघ २०७९ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App