यती एयरको ९ एन एएनसी कल साइनको एटिआर–७२ जहाज प्रोपेलर फेदरका कारण दुर्घटना भएकाे हुन सक्ने अनुसन्धानले देखाएकाे छ।
याे जहाज माघ १ गते पोखरामा दुर्घटना भएको हो। यती एयरको दुर्घटना पछि सरकारले गठन गरेकाे दुर्घटना जाँच आयोगले साेमबार प्रतीवेदन सार्वजनीक गर्दै जहाज दुर्घटना प्रोपेलर फेदरका कारण हुन सक्ने जनाएकाे हाे।
अनुसन्धान आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको देखिएको छ।
जहाज अनुसन्धान आयोगका सिनियर इन्जिनियर एक राज जंग थापाका अनुसार बेस लेग भनेको रनवे मिलाउनु अघिको एक मोड हो। यसले गर्दा समस्या हुने हाेइन्। समस्या भएकाे प्रोपेलर फेदरले हाे।
उनले भने, ‘प्रोपेलर फेदर भनेको पङ्खाको एाङगल नमिल्नु हो। यो मानवीय लोडले होकि केले हो थाहा छैन्। तर पङ्खाको एाङगल नमिलेको हो। यसले दुर्घटना भएको हुन् सक्छ।’
उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको आयोगका सदस्य सिनियर इन्जिनियर एक राज जंग थापाले बताए।
काठमाडौँबाट पोखराका लागि बिहान १० बजेर ३३ मिनेटमा उडेको जहाज १० बजेर ५८ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो। यस लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो। मन्त्रिपरिषद्को बैठकले आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको थियो। आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो। आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए। उनीहरु अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन्।
फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र यूरोपीय संघ उड्डयन सुरक्षा एजेन्सीका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ। सो अवसरमा सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फलाइट र प्राविधिक पक्षको थप अध्ययन समेत भएको छ।
आयोगले अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारी समेत गरेको छ।
यो पनि पढ्नुहोस्
एयर इन्डिया बनारस, सिल्क एयर कोलकाता र इन्डिगो नयाँदिल्ली फर्किए, एयर अरेबिया एक घन्टा होल्ड
यो पनि पढ्नुहोस्
यती एयर दुर्घटनाः अझै भेटिएनन् चार यात्रु, ३६ जनाको सनाखत
यो पनि पढ्नुहोस्
यती एयर दुर्घटना: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा
यो पनि पढ्नुहोस्
यती एयर दुर्घटनाः फरक अंग भेटिँदा पहिचानमा समस्या
यो पनि पढ्नुहोस्
यती एयर दुर्घटनाः दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टिम घटनास्थलमा
यो पनि पढ्नुहोस्
यती एयर दुर्घटना: गोष्ठि–बैठकदेखि पाहुनाको यात्रा नै रोकियोो
प्रकाशित: २३ माघ २०७९ १३:१४ सोमबार





