१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णाली अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

शल्यक्रिया सफल भएपछि खुशी हुँदै ६३ वर्षीया देवीकन्या पाण्डे।

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ। कालिकोट फोइमहादेव गाविस–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपमा हाडजोर्नीको प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन्।

एक हप्ता अघि आफ्नै घरको भैंसीले लात्ती हानेर उनको हड्डी भाँचिएको थियो । हाडजोर्नी विशेषज्ञद्वय डा. मंगल रावल र पूजन रोकायाको टोलीले पाण्डेको हाडजोर्नीको सफल प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ।  ‘बिरामी आएको एक हप्ता भइसकेको थियो,’ हाडजोर्नी विशेषज्ञ डाक्टर मंगलले भने, ‘उनकोे छाती र मुटुमा समस्या भएकाले पहिले त्यसलाई ठिक पारेर मात्रे शल्यक्रिया गरिएको हो। पहिलो पटक हाडजोर्नी सफल प्रत्यारोपण गर्न सफल भएको भन्दै विशेषज्ञ टोली निकै खुसी भएको हो।’  

डाक्टर रावलका अनुसार कर्णालीमा हाडजोर्नी तर्फको यो ठूलो र पहिलो सफल शल्यक्रिया हो। हाडजोर्नीको सफल प्रत्यारोपणपछि अहिले बिरामीको अवस्थामा राम्रो सुधार आएको छ। अब जुम्लामा आइसियुको व्यवस्था हुन सके हाडजोर्नीको पूर्ण उपचार गर्न सकिने डाक्टरले बताएका छन्।
 मेरुदण्ड र प्लाष्टिक सर्जरी बाहेक अरु हाडजोर्नीको शल्यक्रिया सजिलै हुन थालेपछि प्रतिष्ठान रिफर सेन्टर बन्दै गएको छ। पहिलो पटक यो शल्याक्रिया जुम्लामा सफल भएपछि बिरामी पाण्डेले निकै खुशी भएको बताइन्।

बिरामीका छोरा देवीकृष्ण पाण्डेले प्रतिष्ठानमा आमालाई शल्यक्रिया गर्दा आर्थिक रुपले सहज भएको प्रतिक्रिया दिए । ‘सुर्खेत, नेपालगञ्ज काठमाडौं जस्ता शहरमा लगेको भए हाम्रो आर्थिकले भ्याउने सक्ने अवस्था थिएन, ऋणको भारी थपेर आउनुपथ्र्यो होला,’ उनले भने, ‘तर यहाँ २५ हजारदेखि ३० हजार रुपैयाँमै  शल्यक्रिया सफल भएको छ, यसमा म खुशी छु।’  

 

प्रकाशित: २७ भाद्र २०७३ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App