१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कालिकोट जाँदै गरेको यात्रु बस दुर्घटना, सातको अवस्था गम्भीर

कोहलपुर- महेन्द्रनगरबाट कालिकोट जाँदै गरेको यात्रु बस आइतबार बेलुका साँढे पाँच बजे रन्तराजमार्गको चिसापानी देउरालीमा दुर्घटना भएको छ। २३ जना यात्रु बोकेर कालिकोटतर्फ गैइरहेको बस सडकबाट तीस मिटर तल भीरमा खसेको छ। बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्। 

सात जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेशप्रसाद काफ्लेले बताए। सबै घाइतेको नेपाल प्रहरी र सेनाले उद्धार गरी कोहलपुर मेडिकल कलेजमा पठाएको छ। ना ३ ख ४७३५ नम्बरको बस बेलुका साँढे पाँच बजेतिर देउरालीदेखि तीन किलोमिटर पूर्व सडकबाट भीरमा खसेको छ।

डीएसपी काफ्लेका अनुसार भीरमा रहेको रुखले बस अड्काउँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। सात जनाको यात्रुको अवस्था गम्भीर छ। उनीहरु बेहोस् छन्। गम्भीर घाइतेको शरीरमा गम्भीर चोट लागेकाे छ।

घाइते कोही यात्रुको पनि अहिलेसम्म परिचय खुलेको छैन। पानी परिरहेकोले बस कालोपत्रेभन्दा छेउँबाट चलाउँदा बस भीरबाट खसेको प्रहरीको भनाइ छ। भीरबाट खसेको बसको दुर्घटनाको प्रकृति हेर्दा मानवीय क्षति कम रहेको छ । १६ जना यात्रु सामान्य घाइते छन् । 

प्रकाशित: २६ भाद्र २०७३ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App