१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘नेपाली केटी’ एप प्रयोग गरि बैंक एकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ

‘नेपाली केटी’ नामको एप प्रयोग गरि बैंक खाताबाट लाखौँ रुपैयाँ निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन्।  ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमारलाई काठमाडौं र मकवानपुरका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए।

उनीहरुको साथबाट नौ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटीएम कार्ड पनि बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो। पक्राउ परेका ८ जनामाथि बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: २० माघ २०७९ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App