१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हवाई फायर गरी रौतहटमा फरार अभियुक्त पक्राउ

चोरी डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका दुई फरार अभियुक्तलाई रौतहट प्रहरीले बिहीबार हवाई फायर गरी पक्राउ गरेको छ। अभियुक्तलाई पक्राउ गर्ने क्रममा अभियुक्तले चक्कु प्रहार गरी सहायक हवलदारलाई घाइते बनाएपछि प्रहरीले हवाई फायर गर्नु परेको हो।

गौर नगरपालिका ५ कोईरीटोलका १९ वर्षीय राहुल यादव र गौर नपा ४ का १९ वर्षीय रवि यादवलाई नियन्त्रणमा लिने क्रममा राहुल यादवले बोकेको चक्कु प्रहार गर्दा प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते भएका छन्। सहायक हवलदार यादवको दाहिने हातमा काटिए छ।

प्रहरी हवलदारमाथि आक्रमण भएपश्चात् प्रहरीले ठुलो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरी राहुल यादवलाई चक्कु थान–१ र कैँची थान–१ सहित नियन्त्रणमा लिएको छ। यसै गरी तत्काल फरार हुन सफल भएका रवि यादवलाई खोजतलास गर्ने क्रममा बिहीबार गौर नगरपालिका लुकी बसेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी उमाशंकर प्रसाद यादवले जनाएका छन्।

गौर नगरपालिका २ लाल बकैया खोला पारी केराघारीमा लुकेको अवस्थाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अभियुक्त डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रहरीले जनाएको छ।  

प्रकाशित: १९ माघ २०७९ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App