८ वैशाख २०८१ शनिबार
समाज

दोलखाको कटुवाचौर बजारमा आगलागी, ९ घर जलेर नष्ट

जिल्लाको कटुवाचौर बजारमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन्।  

गएराति स्थानीय रुद्र बहादुर ओलीको घर नजिकै राखिएको परालको माचबाट सल्किएको आगोले दोलखाको सिंगटी सडक किनारामा रहेको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीमा पर्ने बजारका ९ घर नष्ट भएका हुन्।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार आगलागीबाट स्थानीय सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र सेढाई, स्वस्थानी खड्का, शंकर ओली, पुष्कर ओली, रुद्र ओली, गोपीलाल थामी र रामबहादुर ओलीको घर जलेर नष्ट भएको छ। सुरक्षाकर्मी र स्थानीयले रातभर लागेको आगो नियन्त्रणमा लिएका थिए।  

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ माघ २०७९ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App