१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लाको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने

जुम्लाको सिंजा गाउँपालिका ६ अवस्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ।

गाउँपालिकाको अथक प्रयास पश्चात सिटिईभीटिले स्वीकृती प्रदान गरेसंगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने टुंगो लागेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरद्धारा सिंजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्रदान गरेको छ।

गाउँपालिकाले समन्वय गर्ने र भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चिता सरकारले गर्ने गरी आंगिक शिक्षालयकै रुपमा सिंजाको भाडगाउँ स्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको सिंजा ६ वडा अध्यक्ष लालबहादुर बुढाले बताए। त्यसका लागि भाडगाउँका स्थानीयले झण्डै १ लाख वर्गमिटर जग्गा निशुल्क उपलब्ध गराउने छन्।

सरकारी लगानीमा भाडगाउँमा स्थापना हुने शिक्षालयले विपन्नका छोराछोरीलाई प्राविकि शिक्षा आर्जन गर्न सहज हुने छ। गाउँपालिाकामा बहुप्राविधिक शिक्षालय स्थापनार्थ प्रक्रिया पुरा गर्नदेखि स्वीकृती ल्याउँदा सम्म ठूलो संघर्ष गर्नु परेको अध्यक्ष बुढाको भनाई छ। ५/६ महिना अघिदेखि पहल थालिएको थियो।

विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्ने समस्या दर्शाएपछि स्वीकृती पाएको उनले उल्लेख गरे।

सरकारी लगानीमै संचालन हुने गरी सिटिईभीटिले सिंजामा बहुप्राविधिक शिक्षालय खोल्न स्वीकृती दिएको हो। यो सिंजा क्षेत्रका नागरिकका लागि खुसीको कुरा हो। सिंजा ६ का अगुवा युवा चक्रबहादुर रावतले बताए।

गाउँमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा भरपर्दो शिक्षालय स्थापना हुने भएपछि सिंजा क्षेत्रका नागरिक मख्ख भएका छन्। स्वीकृती प्रदान संगै शिक्षालय स्थापनाको प्रक्रिया अघि बढेको हो।

प्रकाशित: १४ माघ २०७९ १६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App