१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ।  त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ।  

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ। ‘निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ’, उनले भनिन्। लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो। धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ।  

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ। हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दै आएको छ। आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ। टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ। हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा आठ हजार आठ सय १० रुपैयाँ तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम नौ हजार रुपैयाँ र अधिकतम १२ हजार रुपैयाँ रहेको छ। हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ। 

प्रकाशित: १३ माघ २०७९ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App