जुम्लाको सिंजा गाउँपालिका -६ भाडगाउँकी १५ वर्षीया सीता रावत दाहिने हातमा मासु पलाएको(डल्लो) दुख्ने समस्याबाट पिडित बनेको पाँच वर्ष भयो।उनको हातमा मासु पलाएको पिरले उनलाई सधैंभरि मनभित्र डरत्रास पैदा उत्पन्न हुन थालेको बताउँछिन्।सीता गाउँकै मावि जोडु कक्षा-६ अध्ययनरत छन्।
लेख्न पनि समस्या हुन्थ्यो।साथीहरू पनि त्यो देखेर झिस्काउने गर्थें।झन उनलाई नरमाइलो लाग्थ्यो,उनलाई सुनाइन्। गरिविका कारणले अन्यत्र गएर उपचार गर्न सकिन रावतले गुनासो गरिन्। शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डाक्टर पुजन रोकायाले उनको हाँत सर्जरी गरे। उनी खुसीले गदगद भइन्।उनका हजुरबुबा दलसुर रावतले डाक्टर रोकायालाई भगवान् भेटाएको भन्दै आशिर्वाद दिँए।
गाउँमै पुगेर स्वास्थ्य उपचार गरिएको भन्दै,खुसी भए।यस्तै सोही गाउँका ६७ वर्षका आदि रावतलाई घुँडा दुख्ने समस्याले थला पारेको ८ वर्ष बढी भयो । वृद्ध अवस्थामा उनलाई यो समस्याले झनै च्यापेको छ । तर, काठमाडौ,नेपालगन्ज र सुर्खेतको यात्रा दुरी टाढा हुँदा उनलाई स्वास्थ्य सेवा लिन गाह्रो छ।
उनले शिविरमा उपचार पाएपछि लाखौं वर्ष बाचे,हामी दिन दुखी गरिव धेरैको भलाइ गराका छौँ,डाक्टर तुमी कन धन्यवाद भन्दै आशिष दिए।तर, रावतजस्ता थुप्रै व्यक्तिमा देखिएको घुँडा दुख्ने समस्या र हाड सँग सम्बन्धि अन्य समस्याहरुको समाधान गाउँमै भयो।यस्तै सिंजा (५ फुङ्ग्र गाउँकी विउरा रोकाया ८४ वर्ष पुगिन् उनलाई उच्च रक्तचाप, चिनी रोग, छाति दुख्ने र श्वासप्रश्वासको समस्या थियोे।विरउरा उपचार गराउन सदरमुकाम खलंगामासम्म आउन सक्दिनन्।अस्पतालसम्म ल्याउने समस्याले गाउँमा भएको स्वास्थ्य चौकीमा सामान्य औषधि खाएर बस्न बाध्य छन् ।
राम्रो उपचार सेवा लिन गाउँमै विशेषज्ञ टोलीसहितको निस्शुल्क शिविर बसेको सुनेपछि ‘बुढेसकालमा अनुभवी चिकित्सकबाट उपचार गराएँ,’ गाउँमै सञ्चालित शिविरमा स्वास्थ्य परीक्षणपछि उनले भनिन्, ‘गाउँमा राखिएको स्वास्थ्य जाँचले हामीजस्ता बुढापाकालाई धेरै राहत मिल्यो ।’गाउँमै शिविर सञ्चालन हुँदा पर्याप्त औषधि लिने र आफ्नो समस्या चिकित्सकलाई खुलेर भन्न सक्ने उनको अनुभव छ । कच्चि सडक,यातायातको असुविधा, लामो दुरी र गरिविका कारण हाडजोर्नी सँग सम्बन्धित रोग भएकाहरुले गाउँको विशेषज्ञ सेवा पाएका छन्।
गाउँमै हाडजोर्नी सम्बन्धि विशेषज्ञ सेवा पुगेपछि सिंजा गाउँपालिका-५ र ६ का स्थानीय खुशी भएका छन् ।गोरा,शनिगाँउ,फुङ्ग्र,काडागाँउ,रुघा जोडु र भाडगाँउ स्थानीय लाभान्वित भए।सिंजा गाउँपालिकाको आयोजना,प्लान नेपाल जुम्लाको आर्थिक सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा नि स्शुल्क स्वास्थ्य तथा अपांग पहिचान शिविर सम्पन्न भएको थियोे।
निशुल्क हाडजोर्नी सेवा,स्त्रीरोग सेवा, अपांग परिक्षण सेवा, मानसिक परामर्श सेवा,निस्शुल्क ओैषधी वितरण सेवा गरिएको थियो।शिविरमा १ सय १० जनाले हाडजोर्नी सेवा लिए,स्त्रीरोग सेवा ६५,मनोसामाजिक परामर्श ५०,सामान्य चेकजाँच ५० जना अन्य परिक्षण ४५ जनाले सेवा लिए।
‘धेरै जसो वृद्धवृद्धामा हाडजोर्नीको समस्या देखियो, प्रतिष्ठानका विशेषज्ञ डाक्टर पुजन रोकायाले भने,‘पैसा अभाव र यातायात अभावले गर्दा सहज स्वास्थ्य नपाएकाहरुले सेवा पाएका छन् ।’ हाडजोर्नी सम्बन्धी स्वास्थ्यमा समस्या देखिएका कतिपयको सेवाका लागि शिविर अवसर भएको बताए।
सामाजिक उत्तरदायित्वको भावना अनुसार सिंजा पछाडी परेको क्षेत्रमा गइ निशुल्क सेवा दिइएको रोकायाले बताए।यस अघिका वर्षहरुमा पनि अन्य विकट ठाउँमा स्वास्थ्य सेवा दिएको जानकारी गराउँदै उनले दुर्गम क्षेत्रमा पहिलोपटक आवश्यकता र मागका आधारमा सेवा पुयाइएको हो।‘
विपन्नताका कारण वर्षौदेखि थलिएका विरामीले गाउँमै सेवा पाउँदा हामी निकै खुशी छौं, सिंजा गाउँपालिका -५ का वडा अध्यक्ष कृष्णबहादुर रोकायाले भने,‘सामान्य शिविर भन्दा हाडजोर्नी सम्बन्धि शिविर महत्वपूर्ण छ ।’‘ अध्यक्षले भने,‘उपचार सेवा समेत महंगो रहेको यो विशेष सेवा गाउँमै पाउँदा सवै खुशी छन्। ‘धेरै रकम खर्चेर सदरमुकाम या अन्य अस्पतालमा गएर उपचार गर्न नसक्नेका लागि गाउँमै शिविर राखेका हौं,’ उनले भने, ‘।’हाम्रो क्षेत्रमा भएको हाडजोर्नी सम्बन्धि विशेषज्ञ सेवाले ठूलो राहत मिलेको छ ।’
प्रकाशित: १ मंसिर २०८१ ११:४८ शनिबार