९ असार २०८१ आइतबार
image/svg+xml
समाज

सेनाले गोली चलाएपछि सिकारी भागे

गुलरिया (बर्दिया)- बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको टोलीले गस्ती गर्ने क्रममा बाँसगढी नगरपालिका भास्तालस्थित रहेको पोस्ट नजिकै गएराति नेपाली सेनाले गस्ती गर्ने क्रममा वर्षात्को समयमा चोरी सिकारी गर्ने सिकारी टोलीले एक्कासि सेनामाथि गोली चलाएपछि सेनाले जवाफी फायरिङ गरेको थियो ।

सेनाले गोली चलाएपछि चोरीसिकार गर्ने छजनाको समूहले दुई थान भरुवा बन्दुक र ४५ किलो सुकुटी छोडेर फरार भएका छन् ।

पैँतालीस किलो सुकुटीमा जरायो, सालक, दुम्सी माछाको सुकुटी रहेको निकुञ्जले जनाएको छ । फरार रहेका सिकारीको खोजी कार्य जारी रहेको बताउँदै सर्च अप्रेसन सुरु गरेको बर्दिया राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए। रासस

 

प्रकाशित: ९ भाद्र २०७३ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App