६ वैशाख २०८१ बिहीबार
समाज

धनुषामा दुई फरार प्रतिवादी पक्राउ

धनुषा प्रहरीले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत धनुषाको फैसला अनुसार नौ वर्ष कैद र पचास हजार जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट सजाय पाई फरार रहेको कमला नगरपालिका–८ का ३६ वर्षीय शिव कुमार महरा र सोही ठाउँका ४५ वर्षीय नागेश्वर यादव पक्राउ परेको धनुषा प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यलय यदुकूहाबाट खटिएको प्रहरी टोलीले महरालाई शहिदनगर नगरपालिका–२ चोराकोयलपुर बजारमा लुकीछिपि हिडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको छ।  अर्का परार प्रतिवादी यादवलाई कमला नगरपालिका–८ टेढामोड गाँउमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको धनुषा प्रहरी जनाइएको छ।

महेन्द्र गोहिबारको जाहेरीले वादी नेपाल सरकार रहेको मुद्दामा अदालतले फैसला सुनाएपछि दुवै फरार रहँदै आएका थिए। पक्राउ परेका दुवैलाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ माघ २०७९ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App