८ वैशाख २०८१ शनिबार
समाज

प्रशासन कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा एक जना पक्राउ

जिल्ला प्रशासन कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका ४ जिल्ला प्रशासन कार्यालय धनुषाको गेटबाट प्रहरीले वडा नम्बर १६ कपलेश्वरका ३९ वर्षीय दिपक ठाकुरलाई पक्राउ गरेको हो।

जिल्ला प्रशासनमा काम गराउन पुगेका सेवाग्राहीसँग पन्ध्र सय रुपैयाँ लिँदै गरेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता एवं प्रहरी नायब निरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई यहाँको कर्मचारीहरूसँग मेरो चिनाजान रहेकाले तुरुन्तै काम गराइदिन्छु भन्दै जनही सेवाग्राहीसँग दुई तीन हजार उठाइरहेको प्रहरीलाई खबर प्राप्त भएपछि उनलाई ठगी रकमसहित पक्राउ गरिएको प्रहरी नायब निरीक्षक क्षेत्रीले जानकारी दिए।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: १० माघ २०७९ १६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App