१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोरखामा बन्द क्रसरबाट निर्माण सामग्री ढुवानी गर्ने १३ टिपर प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय पालुङटारले नियन्त्रणमा लिएको टिपर। तस्बिर: नरहरि सापकोटा/नागरिक

क्रसर बन्द भएका बेला निर्माण सामग्री ढुङ्गा गिटी बालुवा ढुवानी गर्दै आएका टिपरहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

गोरखाको पालुङटार नगरपालिकामाबाट १० वटा, जिल्ला प्रहरी कार्यालयमा एक र नयाँ साँघु प्रहरी चौकीमा दुईवटा  टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए।

ईलाका प्रहरी कार्यालय प.पालुङटारले बा प्रदेश ०१–००३ क ५८३६, ग १ ख १७१, बा.प्रदेश–०१००३ क ५८३५, ग १ ख ८६९०, बा.प्रदेश–००३ क ५८३३, बा ५ ख ४७०१, ना ८ ख ५३९१, ग १ क ५४१७, ग १ ख ७६६६, बा.प्रदेश ०१–००४क ०४१९ नम्बरको टिपर नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिएको टिपर कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको एसपी खनालले बताए। गृह मन्त्रालयको निर्देशनमा जिल्ला अनुगमन समितिले पुस २४ गतेदेखि गोरखामा संचालित क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको थियो।

त्यसयता कुनैपनि उद्योग संचालनमा नभएको तर बन्द उद्योगबाट ढुङ्गा गिटी खरिद बिक्री भएको भेटेपछि प्रहरीले टिपर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले कारबाही लागि पठाएको टिपरबाट स्थानीय तहहरूले २० देखि ४० हजार सम्म जरिवाना लिने गरेका छन्।

प्रकाशित: १० माघ २०७९ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App