१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विपन्न र अनाथ ४ सय बालबालिकालाई शैक्षिक सामाग्री

कपिलवस्तुको बुद्धभुमी नगरपालिका भित्रका बाल बिकास केन्द्र देखि कक्षा ५ सम्म अध्ययरत ४ सय बालबालिकालाई झोला सहितको शैक्षिक सामाग्री बाँडिएको छ।

विद्यालय र मदार्सामा अध्ययनरत विपन्न र अनाथ बालबालिकालाई झोला कापी कलम सहितको सामाग्री बाँडिएको हो। बुद्धभुमी नगरपालिकाद्धारा वडा नम्बर ६ स्थित महुवा बावा विद्यालयमा आयोजित एकीकृत शिबिरसमा सो कार्यक्रमको शुभारम्भ गरिएको हो।

मेयर केवश कुमार श्रेष्ठ, उप मेयर मीरा थारु प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, उप सचिव लिल बहादुर राउत वडाध्यक्ष ऐलेन्द्र प्रसाद कुर्मी शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराई सहितको टोलीले वडा नम्बर ६ स्थित २९ बालबालिकालाई सो शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए।

चालु आर्थिक वर्षको लक्षित बर्गको कार्यक्रम अन्तर्गत बालबालिकालाई सो शैक्षिक सामाग्री बाँडिएको मेयर श्रेष्ठले बताए। गरिब र विपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँच बढाउने उद्देश्यले नगरपालिकाले सो कार्यक्रम गरेको उनले बताए।

उनले गरिब र विपन्न परिवारका बालबालिकालाई नगरपालिकाले थप सहयोग गर्ने बताए। पालिकाका १० वडा भित्र रहेका विद्यालय र मदार्साका अध्ययरत ४ सय विद्यार्थीको छनौट गरी सो शैक्षिक सामाग्री बाँडिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए।

प्रकाशित: ९ माघ २०७९ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App