१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मलेसियामा बन्धक बनाइएका सबै १९ जना नेपाल फर्किए

मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ। शुक्रबार नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन्।

उनीहरु नेपाल करिब दिउँसोको १ बजे आएको गोरखा सहिद लखन गाउँपालिका वडा नं ८ का उत्तम कुमार क्षेष्ठले बताए।  

उनले भने, ‘आज आएका १२ जना र यस अघि आएका ७ जनासँगै नयाँबसपार्कको एक होटलमा बसेका छन्।' उनीहरु सबै जना सोमबार बैदेशिक रोजगार विभागका निर्देशकसँग कुरा गर्ने र मेनपावर कम्पनीको म्यानेजरसँग क्षेत्रीपूर्ती माग्न उनले बताए। 

नेपाल फर्किएका गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे रहेका छन्। त्यस्तै मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किएका हुन्। उनीहरू आफैले विमान भाडा बेहोरेर फर्किएका हुन्।

काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट भदौ २३ गते उनीहरु मलेसियास्थित हङटिज चिकेन सप्लायर्समा काम गर्न गएका थिए।  उनीहरुलाई पुस २७ गते केलाङ भन्ने शहरको एउटा घरको तेस्रो तलामा बन्धक बनाएर राखिएको थियो। 

काम गर्ने क्रममा कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारिरिक यातना दिने गरेपछि किन यस्तो गरेको भन्दा कम्पनीबाट निकालेर उनीहरुलाई बन्धक बनाइएको थियो।  कम्पनीले कामबाट निकालेर एउटा घरमा बन्धक बनाएको बारे युवाहरुले नेपालमा फोटो, भिडियो पठाएर संचार माध्याममा जानकारी गराएपछि नेपाल सरकारले उद्धारका लागि पहल थालेको थियो।  

यस अघि मलेशियामा बन्धक बनाइएका गोरखाका दुई सहित सात जना नेपाल फर्किएका थिए। गोरखाका कमलबाबु श्रेष्ठ, ठाकुर रेग्मी, मकवानपुरका इश्वर कोईराला, भुवन कोईराला, भोजपुरका बाबुराम बास्तोला, कैलालीका कैलाश लोहार र धादीङका बाबुलाल बिक फर्किएका हुन्।  

नेपाल फर्किएपछि गोरखाका ठाकुर रेग्मीले भनेका थिए, ‘हामी अली धेरै बोल्ने र बन्धक बनाएको बारे मिडियामा जानकारी दिनेहरुलाई पहिलो चरणमा पठाईयो। अरु १२ जना साथीहरु दुई देखि तीन दिनमा आउने कुरा छ।’  मलेशिलयामा रहेका गोरखा तीन जना सहित १२ जनालाई त्यहाँ रहेका नेपाली ऐजेन्टले पुन कम्पनीमा फर्काउन चाहेको तर उनीहरु नमानेको उनले बताएका थिए।  

प्रकाशित: ६ माघ २०७९ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App