१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शनिमन्दिर-जलजलाचोक सडक ‘नो पार्किङ जोन’

विराटनगर महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक सडकलाई ‘नो पार्किङ जोन’ घोषणा गरेको छ। विराटनगरलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत बिहीबार देखि शनिमन्दिर–जलजलाचोक सडकलाई ‘नो पार्किङ जोन’ घोषणा गरेको हो।

जथाभावी पार्किङ गर्दा आवतजावतमा समेत समस्या देखिएपछि मुख्य सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको महानगरले जनाएको छ।

पहिलो चरणमा जलजलाचोकदेखि अस्पताल चोकसम्मको सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको थियो। सो क्षेत्रको सवारी जलजला हल उत्तरमा रहेको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

त्यस्तै दोस्रो चरणमा शनिमन्दिरदेखि जलजलाचोक र शनिमन्दिर चोकदेखि महावीर रोडसम्मको सडकलाई पार्किङ निषेधित घोषणा गरिएको छ। सो क्षेत्रको सवारी महावीर रोड उत्तर र शनिमन्दिर पूर्वमा रहेको जग्गामा पार्किङको व्यवस्था मिलाइएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए।

विराटनगर क्षेत्रका मुख्य सडकलाई क्रमैसँग पार्किङ निषेधित क्षेत्र घोषणा गर्दै जाने महानगरको योजना रहेको छ। सडकमै पार्किङ गर्दा विराटनगरको मुख्य बजार क्षेत्र अस्तव्यस्थ हुने गरेको छ।

प्रकाशित: ५ माघ २०७९ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App