८ वैशाख २०८१ शनिबार
समाज

फरार रहेका ६ जना पक्राउ

प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले फरार रहेका ६ जनालाई बिहीबार पक्राउ गरेको हो। राजापुर नगरपालिका–४ बस्ने रईस अहमद सिद्धिकीलाई प्रहरीले पक्राउ गरेको छ।

सिद्धिकीलाई अदालतले ०७९ सालअसार २९ गते ज्यानमार्ने उद्योग मुद्दामा ७ वर्ष ११ महिना ५ दिन कैद सजाय र  १ लाख जरिवाना तोकेको थियो।

त्यसैगरी प्रहरीले बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी बस्ने खुसीराम थारु, पाटनदिन थारु, मंङता थारु, भग्गु थारु र बालकराम थारुलाई पक्राउ गरेको छ। ०७८ साल माघ २७ गते जिल्ला अदालतले पुन चलन मुद्दामा पाचै जनालाई जनही ५ हजार जरिवाना तोकेको थियो।  

प्रहरीले ६ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा बुझाएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ५ माघ २०७९ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App