३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति दिने पातारासी गाउँपालिकाको निर्णय

जुम्लाको पातारासी गाउँपालिकाभित्रका एमबीबीएसु पढ्ने विद्यार्थीलाई पालिकाले छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

 पालिकाले  ३५ लाख छात्रवृत्ति उपलब्ध गराउने छ।५ वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए। 

एमबीबीएस लगायत प्राविधिक विषयमा पढाउन सहयोग गर्न लागेको अध्यक्ष बोहोराले जनाए।गाउँपालिकाले बुधबार १० औँ हिउँदे गाउँसभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणासम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।

हिउँदे गाउँसभाबाट पालिकाका सबै वडामा ुबाल विवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धताु भन्ने मूल नारालाई मध्यनजर गर्दै बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने उपाध्यक्ष रोकायाको भनाइ छ।पालिकाले ४ र ५ वडालाई बालमैत्री वडा घोषणा गर्ने निर्णय गाउँसभाबाट पारित गरिएको छ।

उनका अनुसार पालिकाभित्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि हिउँदे गाउँसभाबाट छात्रवृत्ति निर्देशका, २०७९ बहुमतले गाउँसभाबाट पारित भएको हो।सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि गाउँसभाबाट विशेष प्राथमिकता दिने भनेर निर्णय गरि गाउँसभाबाट पारित भएको छ। 

उपाध्यक्ष रोकायाका अनुसार गाउँपालिकाले आफ्नो लगानीमा एक जनालाई एमबीबीएस पढाउन  ३५ लाख लगानी गर्ने भएको छ।५ वर्षसम्म ७ लाखका दरले पालिकाले एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो।पालिकाको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत बुटवलको देवदह मेडिकल कलेजमा  वडा नम्बर ४ लुमगाउँका २३ वर्षीय नवीन रेउले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययनरत छन्। 

प्रकाशित: ४ माघ २०७९ १५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App