१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कटुवा पेस्तोल र गोलीसहित सर्लाहीमा युवक पक्राउ

सर्लाही प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक युवकलाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका ५ नरेशखोरका हरिलाल महतोका २२ वर्षीय छोरा संजितकुमार महतो रहेका छन्।

ईश्वरपुर नगरपालिका ६ बयलबास बजारमा हिँडिरहेको अवस्थामा शंका लागी प्रहरीले महतोलाई चेकजाँच गर्दा कटुवा पेस्तोलका साथै नौ एमएमकेएफ लेखेको एक थान गोली बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार महतोलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको छ।

महतोलाई इलाका प्रहरी कार्यालय केशरगंजमा राखी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपि विजय यादवले जानकारी गराएका छन्।  

प्रकाशित: ४ माघ २०७९ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App