१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाही प्रहरीले गर्‍यो १२ बिघा गाँजा फडानी

सर्लाही प्रहरीले निरन्तर गाँजा फडानी गरिरहेको छ। सर्लाही प्रहरीको नेतृत्व सम्हालेको करिब तीन हप्तामा एसपी नरेशराज सुवेदीले सर्लाहीमा करिब पचास बिघा क्षेत्रफलको गाँजा फडानी गरिसकेका छन्।

यसै क्रममा सर्लाहीमा एकै दिन करिब १२ बिघा गाँजा फडानी भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायणखोला क्षेत्रमा १२ बिघा गाँजा फडानी गरेको छ।

नारायणखोला क्षेत्रको नौ सय बिघा, मोटर दोभानलगायत ठाउँमा स्थानीयले लगाएको गाँजा खेती प्रहरीले फडानी गरेको छ। हरेक वर्ष गाँजा खेती हुने क्षेत्रका रूपमा परिचित नारायणखोला आसपासका क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा खेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

चुरेको खोचमा दुर्गम क्षेत्रतिर पर्ने तथा मानव बस्ती कम भएकाले केही किसानले हरेक वर्ष गाँजा खेती गर्दै आएका छन्। प्रहरीको आँखा छलेर गाँजा खेती गरिने भए पनि केही वर्षदेखि नियमित रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले गाँजा खेती नष्ट गर्दै आएको छ। गाँजा खेती अवैध भएको र प्राप्त सूचनाका आधारमा यस वर्ष गाँजा खेती फडानीमा प्रहरीले ठूलो सफलता हात पारेको सर्लाहीका एसपी नरेशराज सुवेदीले बताएका छन्। गाँजा खेती नष्ट गर्ने अभियान नै सर्लाही प्रहरीले चलाएको र समाजले पनि साथ दिइरहेको एसपी सुवेदीको दाबी छ।

प्रकाशित: ४ माघ २०७९ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App