२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दोश्रोपटक पोखरा आउँदै गर्दा जहाज दुर्घटनामा (अपडेट)

पोखराको सेतीखोँचमा खसेको यती एयरको जहाजका यात्रुको उद्धार गरिँदै। तस्बिरः उमेश पुन/नागरिक

आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरको ९एन एएनसी कल साइनको एटिआर–७२ जहाजको यो दोश्रो उडान थियो। बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज पोखरामा १० बजेर ५८ मिनेटमा अवतरण गर्दैगर्दा दुर्घटनामा परेको हो। काठमाडौं–पोखरा हवाई दुरी २५ मिनेट मात्र हो।  

यती एयरलाईन्सका अनुसार जहाजमा चालकदलका ४ र ६८ जना यात्रु सहित ७२ जना सवार थिए। दुर्घटनाका ५३ जना यात्रु नेपाली छन्। बाँकी १५ जना विदेशी यात्रु रहेको यती एयरलाइन्सले बताएको छ। यतीका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार प्रशिक्षक पाइलट कमल केसीको नेतृत्वमा जहाज उडेको थियो। अर्का क्याप्टेन अञ्जु खतिवडा थिईन। त्यस्तै एयरहोस्टेजमा सिर्जना हुङचुङ र ओशिन आलेमगर थिए।  

जहाजका १५ जना विदेशी मध्ये ५ जना भारतीय, रसियाका ४, आयरल्याण्ड, अस्टे«लिया, अर्जेन्टीना र फ्रान्सका १–१ जना विदेशी थिए। बाँकी २ जना भने कोरियन यात्रु थिए। जहाजले यसअघि आइतबार नै पोखराका लागि पहिलो उडान गरेको थियो। दोश्रो पटक पोखरा आउने क्रममा जहाज दुर्घटनामा परेको प्रवक्ता वर्ताैलाले बताए।

जहाजको कमाण्ड गरेका पाइलट कमल केसी निकै नै अनुभवि मानिन्छन्। झन्डै एकदशकदेखि यती एयरलाइन्समा उनले जहाज उडाएका थिए। ‘अनुभवि पाइलट ले जहाज उडाएका थिए, कतै ‘टर्न’ गर्ने समयमा एकाएक समस्या निम्तिएको आशंका पनि गर्न सकिन्छ,’ प्रवक्ता बर्तौलाले भने, ‘प्राविधिक समस्या पक्कै आएको होईन। प्राविधिक समस्या आएका भए टावरसँगको सम्पर्कमा थाहा भइहाल्दथ्यो ।’

पोखरा अन्तर्राष्ट्रिन्य विमानस्थल संचालनमा ल्याउने तयारी भईरहँदा यही जहाजमार्फत डेमो उडान गरिएको थियो । डेमो उडानको क्रममा पनि ९एन एएनसी कल साइनको यही जहाजलाई पोखराको पुरानो विमानस्थलबाट उडाएर अन्तर्राष्ट्रिय विमानस्थलसम्म अवतरण गराइएको थियो। डेमो उडानका क्रममा पनि क्याप्टेन केसीले जहाज उडाएका थिए।

आइतबार बिहान पोखरामा भएको हवाई जहाज दुर्घटनामा परेर उद्धार गरि अस्पताल पठाइएका यात्रु कोही पनि जिवित नभेटिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बताएको छ। अस्पतालका इमर्जेन्सी विभागका एकजना चिकित्सकका अनुसार अहिलेसम्म अस्पतालमा २९ जना यात्रु लगेको भएपनि ती कोही पनि जिवित छैनन।

‘अहिलेसम्म २९ जना यात्रुलाई ल्याइएको छ। तीमध्ये कोही पनि यात्रु जिवित भेटिएका छैनन,’ ती चिकित्सले भने, ‘अरु यात्रु पनि ल्याउने तयारी छ।’

प्रकाशित: १ माघ २०७९ ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App