६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपालमा एटिआर–७२ जहाजको पहिलो दुर्घटना (अपडेट)

नेपालको हवाई इतिहासमा एटिआर–७२ जहाज पहिलो पटक दुर्घटनामा परेको छ। काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको एटिआर–७२ जहाज आइतबार बिहान दुर्घटनामा परेको हो। यी जहाज ७० देखि ७२ सिट क्षमताका हुन्। यसअघि नेकोन एयरले पनि एटिआर जहाज चलाएको थियो। तर पछिल्लो समय नेपालमा बुद्ध र यती एयरलाइन्ससँग मात्र एटिआर–७२ जहाज छन्।

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले एटिआर–७२ जहाजको पहिलो दुर्घटना भएको बताए। धेरै यात्रु बोक्ने भएकोले यो जहाजलाई बढी सुरक्षित मानिन्छ । तर, आइतबार भएको दुर्घटनाको कारण नखुलेको उनले बताए । ‘दुर्घटनाको कारण खुलेको छैन । अहिलेका लागि उद्धारको काम भईरहेको छ,’ उनले भने ।  

प्रकाशित: १ माघ २०७९ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App