१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

लागू औषधिसहित दुई जना पक्राउ

प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिकाको बबई चेकपोष्टबाट एक जना र वीरेन्द्रनगर–१० को एकान्त नगरबाट एक जनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा५ख ७३२९ नम्वरको फोर्स गाडी चेकजाँचका क्रममा गाडीमा यात्रा गरिरहेका वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय मेगराज विकको साथबाट ७९० मिलिग्राम ब्राउनसुगर फेला परेको हो।

यस्तै लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले वीरेन्द्रनगर–१० को एकान्तनगर टोलबाट जुम्लाको चन्दननाथ नगरपालिका–५ का १८ वर्षीय सौरभ श्रेष्ठलाई पक्राउ गरेको छ। वीरेन्द्रनगरमा कोठा लिएर बस्दै आएका श्रेष्ठको साथबाट आठ ग्राम ७७० मिलिग्राम लागूऔषधसहित ६६ हजार ७२० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ पुस २०७९ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App