१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

श्रोत नखुलेको १६ लाख नगदसहित धनुषाबाट एक भारतीय पक्राउ

धनुषा प्रहरीले स्रोत खुल्न नसकेको नगद १६ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला मधुवनी दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साह रहेको छ।

मंगलबार बियार ३२ एसी ७६७९ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनी धनुषाको विदेह नगरपालिका–२ बाट १६ लाख नगदसहित पक्राउ परेको धनुषा प्रहरी प्रबक्ता एव डिएसपी प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीलाई शंका लागेपछि उनले चलाउदै आएको स्कुटर रोकी चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख बरामद भएको हो।

प्रहरीका अनुसार उनलाई आवश्यक कारबाहीको लागि धनुषा भन्सार कार्यालय पठाइएको छ।

प्रकाशित: २६ पुस २०७९ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App