१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चालू आर्थिक वर्षमा चाँंगुनारायण नगरपालिकाको योजना ५ सय ३०,२ सय २ को काम सुरु

भक्तपुरको चाँंगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षमा कुल योजना संख्या पाँंच सय ३० रहेको छ। तर आर्थिक वर्षको आधाआधी समयसम्म पुग्दा कुल योजनाको एक तिहाई योजना मात्रै सम्झौता भई सञ्चालन भएका छन्। नगरपालिकाले जनाए अनुसार कुल पाँंच सय ३० योजनाहरुमध्ये हालसम्म दुई सय दुई योजनाका काम सुरु भएका छन्। उपभोक्ता समितिमार्फत् एक सय ७५ र ठक्के प्रक्रियामार्फत २७ वटा योजनाहरु सम्झौता भई काम सुरु भएका हुन्।

नगरपालिकाको मंगलबारदेखि सुरु भएको नगरसभाको १२ अधिवेशनमा नगर उपप्रमुख रमेश वुढाथोकीले भौीतक तथा पूर्वाधार विकासतर्फको यस्तो प्रगति विवरण प्रस्तुत गरेका थिए। नगरपालिकाको उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत् सार्वजनिक निर्माण सम्बन्धी कार्यविधि २०७९ कार्यपालिकाबाट २०७९ भदौ २६ मा स्वीकृत भई कार्यान्वयनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ।

नगरसभामा उपमेयर वुढाथोकीले आर्थिक वर्ष २०७९।८० को शंशोधिन नीति तथा कार्यक्रम र अर्धवार्षिक समिक्षा पेश गरे। भौतिक पूर्वाधार विकासतर्फ लगायत विभिन्न शीर्षकहरुमा उनले प्रगति प्रतिवेदन प्रस्तुत गरे। आयव्यय विवरणका साथै शिक्षा तथा खेलकुद, महिला शशक्तीकरण बालवालिका तथा अन्य लक्षित कार्यक्रम, संघसंस्था समन्वय परिचालन, सामाजिक सुरक्षा भता वितरण, घटना दर्ता वितरण, स्वास्थ्य, सूचना प्रविधि, खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम, सहकारी, पशुपंक्षी सेवा, कृषि सेवा, सहरी विकास तथा भबन निर्माण, रोजगार सेवा केन्द्र, न्यायिक समिति लगायतका उपशीर्षकहरुमा प्रगति प्रतिवेदन वाचन गरे।

नगर प्रमुख जीवन खत्रीले सञ्चालन गरेको नगरसभामा उपप्रमुख वुढाथोकीसहित विभिन्न वडाका वडा अध्यक्ष तथा विभिन्न समितिका अध्यक्षहरुले विभिन्न विषयमा प्रगति प्रतिवदेन पेश गरेका थिए। उनीहरुले भवन निर्माण मापदण्ड, शिक्षा ऐनलगायतका विषयमा नगर सभा समक्ष प्रस्तुत गरेका थिए।

नगरसभामा उपप्रमुख वुढाथोकीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र अर्धवार्षिक समिक्षामा प्रस्तुत प्रगति प्रतिवेदनमाथि विभिन्न वडाका वडाअध्यक्ष तथा नगरसभाका कार्यपालिका सदस्यहरुले आआफनो धारणा राखेका थिए।  

प्रकाशित: २६ पुस २०७९ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App