४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नाबालिका बलात्कार कसुरमा १२ वर्ष जेल सजाय

नाबालिकालाई बलात्कार गरेको कसुर जिल्ला अदालत बागलुङले एक पुरुषलाई १२ वर्ष सजाय फैसला गरेको छ। १५ वर्षीया नाबालिक किशोरीलाई अपहरण गरी बलत्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत बागलुङले जिल्लाको जैमिनी नगरपालिका—२ का ४३ वर्षीय दिलबहादुर थापालाई उक्त कैद सजायको फैसला सुनाएको हो। 

जिल्ला अदालत बागलुङका इजलाश अधिकृत गंगाधर सापकोटाका अनुसार जिल्ला न्यायाधिस डा. दिवाकर भट्टको आइतबारको इजलाले १२ वर्षको कैद सजाय तोक्दै ३० हजार रुपैयाँ पीडित पक्षलाई क्षतिपूर्ति दिन आदेश दिएको हो।

‘नाबालिक बलत्कारको मुद्दामा कसुर ठहर भएपछि १२ वर्ष कैद र ३० हजार क्षतिपूर्तिको फैसला भएको छ,’ सापकोटाले भने। गतवर्ष २०७८ को भदौ ९ गते बालिकालाई अपहरण गरी भदौ १४ गतेसम्म विभीन्न स्थानमा पु¥याएर प्रतिवादीले पटक पटक जबरजस्ती करणी गरेको अदालतले ठहर गरको छ। थापाले बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्दै परिवारले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए।

नाबालिका बलत्कारको मुद्दा परेपछि थापालाई प्रहरीले २०७८ भदौ २७ गते पक्राउ गरेको थियो। पक्राउ परेका थापालाई प्रहरीले जिल्ला अदालत बागलुङमा अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो। तत्कालिन जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको २०७८ कात्तिक ८ गतेको इजालाशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका उनलाई १२ वर्षे कैद सजाय फैसला भएको हो। 

प्रकाशित: २५ पुस २०७९ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App