४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

अर्घाखाँचीमा बसको ठक्करबाट एक महिलाको मृत्यु

अर्घाखाँचीको शितगंगामा बसले किच्दा ७६ वर्षीय वृद्धाको मृत्यु भएको छ। शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर ईन्द्रकला भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

कपिलवस्तुबाट अर्घाखाँची आएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीय भट्टराई अनियन्त्रित भई लडेकी थिइन्। सोही क्रममा बसको पछाडिको चक्काले उनलाई किचेको थियो।

कपिलवस्तुको पिपरा स्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ। दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २० पुस २०७९ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App