१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं प्रहरीका सई र सिपाही पक्राउ

काठमाडौं– प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब निरिक्षक(सई) निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खडकालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ। परिसरमा वैदेशिक रोजगार सम्बन्धी ठगीमा आएकी सेवाग्राहीसँग अनुचित लाभ लिएको आरोपमा सई ज्ञवाली र खडका उपर छानबिन थालेको हो।

महानगरीय प्रहरी कार्यालयका अनुसार डिआईजी मिङमार लामाको संयोजक्तवमा परिसरका एसएसपी विक्रमसिंह थापाले घटनाको अनुसन्धान गरिरहेका छन्। महानगरीय प्रवक्ता एसएसपी दशरथ चन्दले प्रहरी अधिकारीका बिषयमा अनुसन्धान भै रहेको बताए। उनले घटना छानबिनमा रहेकाले बोल्न मानेन्न।

परिसरका प्रमुख एसएसपी थापाले आफ्ना दुई अधिकारीले बदमासी गरेको भेटिएपछि अनुसन्धान थालेको बताए। उनले भने, ‘त्यही घटनाका बिषयमा अनुसन्धान हुँदैछ, गल्ती भेटिए कडा कारवाहीका लागि सिफारीस हुनेछ।’

प्रकाशित: ६ श्रावण २०७३ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App