१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. केसीका मागबारे सरकारसँग वार्ता सुरु

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखेर १२ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता स्वास्थ्य मन्त्रालयमा सुरु भएको छ।  

सरकारी वार्ताले पहिलो चरणमा डा. केसीको अनशनस्थल टिचिङ अस्पताल पुगेर केसीको माग र अडानका विषयमा जानकारी दिएको थियो। केसीको माग र अडानबारे जानकारी लिएपछि दोस्रो चरणको वार्ता मन्त्रालयमा सुरु भएको हो।

डा. केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा केही विषय  थप गर्नुपर्ने, संसदमा विचाराधीन मनमोहन प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, आइओएमको रिक्त डिन तत्काल नियुक्त गर्नुपर्नेलगायतका माग राख्दै केसी १२ दिनदेखि आमरण अनशनमा छन्।

सरकारले डा. केसीको मागका विषयमा छलफल गर्न बुधबार तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। स्वास्थ्य मन्त्रालयका सचिव शेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिव कमलशाली घिमिरे तथा शिक्षा सचिव विश्वप्रकाश पण्डित सदस्य रहेको वार्ता समिति गठन गरेको थियो।

वार्तामा डा. केसीकातर्फबाट डा. रञ्जन सापकोटाको  नेतृत्वमा केसीका सहयोगी जीवन क्षेत्री, सुमन आचार्य, चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झा, आवाशीय चिकित्सक संघका डा. रिजन महर्जनलगायतको सहभागी छन्।

 

प्रकाशित: ६ श्रावण २०७३ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App