६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

स्थापना दिवसमा प्राध्यापक र कर्मचारी विभूषित

पूर्वाञ्चल विश्वविद्यालयले स्थापना दिवसका अवसरमा प्राध्यापक र कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गरेको छ। विश्वविद्यालयको २९औं स्थापना दिवसका अवसरमा नौजना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गरेको हो।

दीर्घ सेवा पदकबाट विभूषित हुनेमा प्राध्यापक मोहनबहादुर बस्नेत र सहप्राध्यापकमा बोधहरि आचार्य, डा. रमेशबाबु काफ्ले, डा. धर्मेन्द्रकुमार सिंह, बालेन्दु हमाल ठकुरी छन्। त्यस्तै, उपप्राध्यापकमा दिनेशराज सुवेदी, डा. दिलिपकुमार भगत, डा. निरजकुमार मिश्र र रामनारायण विच्छा विभूषित भएका छन्। कर्मचारीतर्फ सुकेश कर्ण, धिरेन्द्रकुमार मल्लिक, रमेशप्रसाद अधिकारी, अञ्जना शर्मा, लक्ष्मी कार्की खड्का, दीपकराज कार्की, नारायणप्रसाद पोखरेल, उर्मिला श्रेष्ठ छन्।  

यस्तै राजकुमार सापकोटा, लक्ष्मी पोखरेल होमनाथ निरौला, सुजित प्रधान, हरिप्रसाद सुवेदी, प्रल्हाद अधिकारी, भेषराज घिमिरे, सीताराम शर्मा, प्रकाश भुजेल, बिगारू राजवंशी, नवकुमारी भण्डारी र जयकृष्ण अधिकारी विभूषित छन्। विश्वविद्यालयले २० वर्ष सेवा अवधि पूरा गरेका प्राध्यापक र कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गर्दै आएको छ।

प्रकाशित: २० पुस २०७९ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App