coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाउँपालिकाको एम्बुलेन्स एक वर्षदेखि धनगढीमा थन्कियो

बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स प्रदेश राजधानी धनगढीमा एक वर्षदेखि थन्किएको छ।

एम्बुलेन्स अभावमा गाउँपालिकाका सेवाग्राही सास्ती भोग्दै आएका छन्। एम्बुलेन्स ल्याउन पालिकाले चासो नदिएको स्थानीयको गुनासो छ।

मोटरसाइकललाई ठक्कर दिएपछि करिब एक वर्ष यता गाउँपालिकाको एम्बुलेन्स प्रहरीको नियन्त्रणमा छ। सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एक वर्षदेखि धनगढीमा थन्किएको हो। गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरूले भने सास्ती भोग्नुपरेको स्थानीय मोहनबहादुर चन्दले बताए।

एम्बुलेन्स चालकसँग हलुका सवारी साधनको मात्रै लाइसेन्स भएकाले हेबी सवारी साधनको लाइसेन्स भएको चालक ल्याएर एम्बुलेन्स लैजान प्रहरीले आग्रह गरे पनि गाउँपालिकाले कुनै चासो दिएको छैन।

एम्बुलेन्सले ठक्कर दिएको मोटरसाइकलको पार्टपुर्जा मगाएर मर्मत गर्नुपर्ने भएकाले ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराले बताए। एम्बुलेन्स जस्तो संवेदनशील साधन एक वर्षदेखि धनगढीमा थन्किँदा समेत चासो नदिएको भन्दै जनप्रतिनिधिहरूको आलोचना हुन थालेको छ।

अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको भन्दै आलोचना भएको हो। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले पनि पञ्चेश्वर गाउँपालिकालाई एम्बुलेन्सको व्यवस्थापन गर्न पटक पटक आग्रह गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए।

प्रकाशित: १९ पुस २०७९ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App