२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पक्की पुल बगाएपछि काठे पुलमा गाडी

भैसेगौडामा निमार्ण गरेको पक्कीपुल बगाएपछि काठे पुलबाट सवारी साधन आवतजावत गर्दै। तस्बिर: ललित विष्ट

तिलागुफा नगरपालिकाको भैसेगौडामा निर्माण गरीएको पक्की पुल बगाएपछी काठे पुलबाट सवारी साधन आवतजावत सुरु गरीएको छ। गत असोजमा आएको अविरल वर्षासंगैको बाढीले पक्की पुल बगाएपछि तिलागुफा–९,१० र ११ कानागरिकले सवारी साधन आवतजावतमा सहजताको लागि काठेपुल बनाएका हुन्।

खाद्यान्न लगाएतका वस्तु ढुवानीको लागी स्थानीयले काठे पुल निर्माण गरी तिला नदीमाथि अगाडि आवतजावत गर्न सुरु गरेका छन्। पक्की पुल नहुदा लामो समयदेखि सास्ती भोग्दै आएका तिलागुफा–९,१० र ११ बासी पुल निर्माण गर्दा खुसी थिए। गत असोजमा आएको अविरल वर्षासंगैको बाढीले काठे पुल बगाएपछि निराश भएका छन्।

लामो समयको प्रतीक्षापछि २०७६ सालमा प्रतिनिधि सभाका सांसद दुर्गबहादुर रावत,राष्ट्रिय सभा सदस्य जीवनबहादुर बुढा,कांग्रेस नेता भूपेन्द्रजंग शाही लगाएतले खोजी गरेपछि पुल निर्माणको कामले पुन गति लिएको थियो।

तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले लामो समयको प्रतीक्षा पछि साविकको चिल्खाया गाउँ विकास समितिका नागरिकले घर आँगनबाटै गाडी चढेर विभिन्न ठाउँमा जान पाउने आशा थियो। उनले भने ‘सबै आशाबिलएभएका छन्। गाउँमा स्थानीय सरकारले सडक निर्माण गरिसकेको छ।

पुल सञ्चाल हुने बित्तिकै कर्णाली रार्जमागसँग तिलागुफा नगरपालिका भित्रका तीनवटा वडामा गाडि गुडाउन सकिन्छ। अविरल वर्षासंगैको बाढीले बगाएपछि अहिले यहाँका नागरिकलाई समस्या थपिएको छ।’ उनका अनुसार पुल बगाएपछि स्थानीयले आवतजावत गर्न  उक्त ठाउँमा काठे पुल बनाएका हुन्। 

निर्माण व्यवसायी तारा शाहले धेरै दुःख गरेर आफ्नो लगानी पुलनिर्माण गरेपनी पुल बगाए पछि ८० लाख भुक्तानी लिन बाँकी रहेको बताइन्। ‘निर्माणको अन्तीम चरणमा पुगेको बेला अविरल वर्षासंगैको बाढीले बगायो’उनले भनिन्।

प्रकाशित: १९ पुस २०७९ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App