२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तिलोत्तमामा छाडा कुकुरको बन्ध्याकरण गरीदै

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा कुकुरको बन्ध्याकरण सुरु गरेको छ। नगरपालिकाको पशु शाखाले सडक सामुदायिक अर्थात छाडा कुकुरको जनसंख्या बृद्धिलाइ रोक्न यो अभियान संचालन गरेको हो।

नगरपालिका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरको आर्थिक सहयोगमा जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा कुकुरकालागि भ्यासेक्टोमी र (पोथी)कुकुर्नीकालागि मिनील्याप गरीएको नगरपालिकाले जनाएको छ।

नगरमा छाडा कुकुरको संख्या बढ्दै जाँदा बिभिन्न समस्याहरु देखिएको,दुर्घटना, रेविज रोग लगायतको जोखीम  बढ्ने भएकाले त्यसको नियन्त्रणकालागि कुकुरको बन्ध्याकरण सुरु गरीएको नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बताए। तिलोत्तमाको मंगलापुमा रहेको सम्झाना युवा  क्लबको प्राङ्गणमा छाडा कुकुरहरुलाइ नियन्त्रणमा लिएर स्थायी बन्ध्याकरण तथा मिनील्याप गरीएको पशुसेवा कार्यालयका प्रमुख राजु कुवँर मगरले जानकारी दिए।

ती कुकुरलाइ रेविज बिरुद्धको खोप समेत लगाइएको उनले जानकारी दिए। पहिलो चरणमा ८० वटा कुकुर र केही कुकुर्नीको भ्यासेक्टोमी र मिनील्याप गरीएको युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चरका संयोजक डा. तिलकराम भुसालले बताए। उनले सडक सामुदायिक कुकुरको नियन्त्रण र रेविज उन्मुलनकालागि बन्ध्याकरण विधि एक मात्र उपाय भएको बताए।

प्रकाशित: १८ पुस २०७९ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App