४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कालिकोटमा पनि मनाइयो टोपी दिवस

कालिकोटमा टोपी दिवस मनाएको छ। आइतबार जिल्लाको प्रतिमा चोकमा एक कार्यक्रमको आयोजना गरी बास नेपालले टोपी दिवस मनाएको हो।

बागेश्वरी असल शासन क्लब नेपाल शाखा कालिकोटको आयोजनामा भएको कार्यक्रममा सञ्चारकर्मी,बास नेपालका सदस्य तथा स्थानीय नागरिकहरूले नेपाली टोपी लगाएर कार्यक्रम गरेका हुन्।

कार्यक्रममा बागेश्वरी असल शासन क्लबका अध्यक्ष कपुरे विश्वकर्मा, निवर्तमान अध्यक्ष खडानन्द अधिकारी, सामाजिक परिचालक रमेश सुनार र बास नेपाल कालिकोट शाखाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

बास नेपालले विभिन्न जिल्लामा टोपी दिवस मनाउँदै आएकाले कालिकोटमा पनि टोपी दिवस मनाइएको रमेश सुनारले बताए। उनले पछिल्लो समय नेपाली ढाका टोपी लगाउने चलन कम हुँदै गएकाले नेपाली टोपी बचाउन बास नेपालले सो दिवस मनाएको बताए।

प्रकाशित: १७ पुस २०७९ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App