१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छोरी भन्दै बलात्कारको प्रयास

टीकापुर नगरपालिका–५ नुक्लीपुरका ३० वर्षका प्रेम शाही पुस १५ गते साँझ साढे पाँच बजे बालिकाको घरमा केरा किन्न पुगेका थिए।  

बालिकाका आफन्तले उनलाई केराबारी देखाउन भन्दै शाहीसँगै पठाएका थिए। आफन्तका अनुसार शाहीले त्यसैबेला बालिकालाई बलात्कारको प्रयास गरेका हुन्।

बालिकाका आफन्तले शाही प्रायजसो केरा किन्न आउने व्यक्ति भएको बताए। उनले चिनेजानेकै मान्छे भएर बालिकालाई सँगै पठाएको बताए।  

‘सधै आउथ्यो। छोरी भन्थ्यो। छोरीले पनि अंकल भन्थिन्’ उनले भने–‘त्यस्तो गर्छ भन्ने विश्वास नै थिएन।’

शाहीले केराबारीमा बलात्कारको प्रयास गर्दा बालिका कराएपछि आफन्तले थाहा पाएका थिए। बालिकाकी आमाले देखेपछि शाही भागेको बताईएको छ।    

इलाका प्रहरी कार्यालय टीकापुरमा शाही विरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ। उनी अहिले फरार छन्। प्रहरीले खोजी भइरहेको जनाएको छ। प्रहरी नायब उपरिक्षक हेम शाहीले उनको खोजी कार्य तीब्र पारेको जानकारी दिए।

शाही केराको चिप्स बनाउने व्यवसाय गर्छन्। उनी केराको चिप्स बनाउन केरा किन्न गएको बताईएको छ।

प्रकाशित: १७ पुस २०७९ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App