२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

नगर प्रमुखले दिए पत्रकार महतोलाई ज्यान मार्ने धम्की, पत्रकार महासंघ धनुषाद्वारा कारबाहीको माग

धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले पत्रकार शैलेन्द महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिएका छन्। शुक्रबार प्रदेशसभा सचिवालयमा नवनिर्वाचित साँसदहरुको शपथग्रहण समारोहको समाचार संकलन गर्न पुगेका पत्रकार क्रान्तिलाई नगर प्रमुख दासले ज्यान मार्ने धम्की दिएका हुन्।

पत्रकार क्रान्ति अनलाइन खबर डटकममा कार्यरत छन्। विगतमा समाचार लेखेकै कारण आफूलाई नगर प्रमुख दासले ज्यान मार्ने धम्की दिएको उनले बताए। ५/६ महिना अघि आफू विरुद्धमा समाचार लेख्ने एक पत्रकारलाई कार्यालयमै छातीको हड्डी भाँचे । ४/५ पत्रकारको अझै हड्डी भाँच्छु । त्यो सूचीमा तपाई पनि हो पत्रकार क्रान्तिले नगर प्रमुख दासको धम्की भाषालाई उधृत गर्दै भने ।

'तपाईंले लेखेको समाचारको कारण मेरो धेरै बदनामी भयो। ४/५ जना पत्रकारलाई अब कुनै हालतमा छोड्दिनँ। हड्डी भाँच्न ४र५ जना पत्रकारको लिस्ट नै जारी गरेको छु। लिस्टमा तपाईंको नाम फस्टै नम्बरमा छ। आउनु होला नगरपालिकातिर छातीको हाड भाँचेर मैले मारिनँ भने मेरो नाम पनि बेचन होइन,' मेयरको धम्कीपूर्ण भाषाको उधृत गर्दै पत्रकार महतोले भने 'मैले मारिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर हड्डी भाँच्छु। तपाईंलाई कुनै हालतमा छाड्दिनँ।’

नगर प्रमुख दास नेकपा एमालेबाट निर्वाचित भएका हुन्। उनी पटक पटक विवादमा तानिएका व्यक्ति छन्। उनले सार्वजनिक ठाउँमै ज्यान मार्ने धम्की दिएकाले उनीविरुद्ध भोली धनुषा प्रहरीमा उजुरी दर्ता गराउने पीडित पत्रकार क्रान्तिको भनाई छ।

यता पत्रकारलाई ज्यान मार्ने  दिने नगरप्रमुखलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ धनुषाले स्थानीय प्रशाससँग माग गरेका छन्। धनुषा शाखाले शनिबार प्रेस विज्ञप्ति जारी गरी धम्कीप्रति खेद प्रकट गर्दै समाचार लेखेको कारण ज्यान मार्ने धम्की दिने नगरप्रमुखलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

प्रकाशित: १६ पुस २०७९ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App