४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

धरानमा विद्युत सर्ट भएर आगलागी

क्याप्शन

विद्युत सर्ट भएर धरान उपमहानगरपालिका वडा नं ५ स्थित देवीगाउँको एक घरमा आगलागी भएको छ।  

हिजो (शुक्रबार) बेलुकी करिब ६ बजेतिर स्थानीय राजमाया राईको घरमा आगलागी भएको हो। आगलागीबाट काठको घर जलेर पूर्णरुपमा नष्ट भएको छ भने घरभित्र रहेको गरगहना, नगद, लत्ताकपडा, सामानहरु पनि सबै क्षति पुगेको छ। घर जलेर पूर्णरुपमा क्षति पुगेपछि सात जनाको पीडित परिवारको अहिले विचल्ली भएको छ। परिवारको केही सदस्य आफन्तको घरमा आश्रय लिएका छन् भने केहीले गोठमा रात बिताउनु परेको राजमायाकी जेठा छोरा पञ्चराज राईले बताए।  

पीडित परिवारका अनुसार ३० देखि ३५ लाखको क्षति भएको छ। घर बनाउन राखेको काठ, धनीपुर्जा, नागरिकता, कपडा सबै जलेको छ। ‘लगाएको एकसरो कपडा बाहेक केही बचेन। नगद, सुनचाँदीको गहना, कपडा, भाडाकुडा सबै नष्ट भयो,’पञ्चराजले भने।  

आगलागी पीडितलाई भेट्न मेयर हर्कराज राई (साम्पाङ), वडा नं ४ का अध्यक्ष धनबहादुर कुलुङ र वडा नं ५ की वडा सदस्य सुनिता राई आज बिहान पुगेका थिए। आगलागी भएको स्थान वडा ४ र ५ को सिमाना नजिकै हो। वडाअध्यक्ष कुलुङले आगो लागेपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीमा खबर गरेपनि दमकललाई ढिला गरि खबर भएको थियो। तर, फोन गरेको १० मिनेटभित्र नगरको दमकल आइपुगेको अध्यक्ष कुलुङले बताए। ‘पीडित परिवारको बिजोग अवस्था भएको छ। वडा, नगर, रेडक्रस र संघसंस्थाहरुबाट जे जस्तो सहयोग हुन्छ, जुटाउन पहल गछौं,’ उनले भने।

मेयर साम्पाङले पीडित परिवारलाई शुरुमा लत्ताकपडा, ओढ्नेओछ्याउने, खाद्यान्न आवश्यक देखिएकोले तत्काल राहत उपलब्ध गराउने बताए। ‘तत्काल केही राहत प्रदान गछौं। विभिन्न विपद सम्बन्धी कोषहरु छ, त्यहाँबाट राहत के गर्न सकिन्छ, गछौं,’मेयर साम्पाङले भने। उनले विद्युत सर्ट हुन नदिन घरको वायरिङका तारहरु, स्विच पल्गहरु बेला बेला चेकजाँच गरिरहन अपिल पनि गरेका छन्। साथै, प्रत्येक परिवारले प्रहरी, वडाका जनप्रतिनिधि, दमकल, एम्बुलेन्सलगायतको नम्बर पनि राख्न आग्रह गरेका छन्।

प्रकाशित: १६ पुस २०७९ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App