२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
समाज

गुरुङ समुदायले आज तमु ल्होछार मनाउँदै

गुरुङ समुदायले आज तमु ल्होछार मनाउँदै छन्। हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होछार मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होछार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। तमु ल्होछारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। 

यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गरिन्छ। ल्होछाको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

आज गुरुङ समुदायले काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रमका साथ ल्होछार पर्व मनाउँदै छन्।

प्रकाशित: १५ पुस २०७९ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App