८ वैशाख २०८१ शनिबार
समाज

थिङलाबुमा भएको आगलागीबाट करिब ७५ लाख रुपैयाँ बराबरकोको क्षति

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं–१ थिङलाबुमा बुधबार बिहान भएको आगलागीबाट ७५ लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क संकलन भएको छ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार मेरिङदेन वडा नं–१ थिङलाबुको थुङथापका ३ घर जलेर नष्ट हुँदा उक्त बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन भएको छ। कार्कीका अनुसार थुङथापका ४२ बर्षीय बलबहादुर चोङवाङ लिम्बूको ढुङ्गा माटोले बनेको र जस्तापाताले छाएको घर पूर्ण रुपमा ध्वस्त हुँदा अन्दाजी ४० लाख मूल्य बराबरको क्षति भएको छ। सो घरमा किराना पसल समेत थियो भने नौमन बढी अलैंची समेत जलेको प्रहरीको तथ्याङ्कले बताएको छ। 

यता सोहि ठाउँका बिरध्वज चोङवाङ लिम्बूको ढुङ्गा माटोले बनेको जस्तापाताले छाएको दुईतले घर र घरभित्र रहेका अन्नपात तथा लत्ता कपडा जल्दा अन्दाजी करिब १० लाख मूल्य बराबरको क्षति भएको छ। यस्तै ५६ बर्षिय भक्तबहादुर लिम्बूको दुईतले घर र घरमा रहेका अन्नपात तथा लत्ता कपडा समेत गरी करिव २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक तथ्याङ्क संकलन गरेको छ। बुधबार बिहान ८ बजेर १५ मिनेट पछि बलबहादुर लिम्बूको भान्छाघरबाट आगलागी सुरु भएको प्रहरीले बताएको छ। 

प्रकाशित: १४ पुस २०७९ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App